विश्व

पाकिस्तानी संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दै

काठमाडौँ । पाकिस्तानी संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दै छ ।

इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गर्न लागिएको हो ।

नयाँ प्रधानमन्त्री चयनका लागि हिजो नै मनोनयन दर्ता भइसकेको छ ।

हालको सत्तारुढ पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)बाट शाह मोहमद कुरैशीको उम्मेदवारी दर्ता भएको छ। यस्तै विपक्षी गठबन्धनले शाहबाज सरिफलाई उम्मेदवार बनाएको छ ।

आज दिउँसो २ बजे संसदमा प्रधानमन्त्री चयनका लागि मतदान हुनेछ । सभामुख अयाज सादिकले प्रधानमन्त्री चयन प्रक्रियाका लागि बिहान ११ बजे संसद् बैठक बोलाएका छन् ।

यसैबीच संसदमा विश्वास गुमाएर पदमुक्त भएकाका इमरान खानले देशमा विदेशी षड्यन्त्रविरुद्ध अब सङ्घर्ष सुरु भएको बताएका छन् ।

देशमा जनताले चुनेको सरकारलाई ध्वस्त पार्न विदेशी षड्यन्त्र भएको र यसको जवाफ जनताले दिने खानको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *