समाचार

९३ केजी गाँजासहित महोत्तरीमा एक पक्राउ

महोत्तरी । महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाँजा) सहित एक जना पक्राउ परेका छन ।

विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराती धादिङ्ग थाक्रे निवासी ३६ बर्षिय रमेश तामाङलाई पक्राउ गरेको हो ।

छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाँजा नियन्त्रण लिइएको छ ।

थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको ससस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *