विश्व

पुटिनले युक्रेन आक्रमणको नेतृत्व गर्ने कमाण्डर फेरे

काठमाडौँ । रुसले युक्रेनमा आक्रमणको रणनिति बदलेसँगै आफ्ना कमान्डर पनि परिवर्तन गरेको छ । युरोप र अमेरिकी एजेन्सीहरुले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन हेर्ने आफ्ना कमान्डर परिवर्तन गरेको उल्लेख गरेका छन् ।

युक्रेन आक्रमणको ६ साता पुरा हुदा पनि सोचे जस्तो सफलता नपाएपछि पुटिन असन्तुष्ट रहेको उल्लेख गरिएको छ । उनले युक्रेनको क्रामटोर्स्कको रेलवे स्टेशनमा मिसाइल आक्रमणको कमाण्ड गरेका जनरल अलेक्जेन्डर डोर्निकोभलाई नयाँ कमाण्डर नियुक्त गरेका छन् ।

जनरल अलेक्जेन्डरलाई आक्रामक जनरल मानिन्छ । अब उनले युक्रेनमा सैन्य अपरेशनको सुपरिवेक्षणको कमाण्ड गर्नेछन् । रुसले युक्रेनमा जल, स्थल र वायु सेनाको एकाइलाई समन्वय गर्न केन्द्रीय कमाण्ड बनाएको यो पहिलो पटक हो ।

६० बर्षिय डोर्निकोभ यस अघि सिरिया अप्रेशनको कमाण्डर थिए । रुसले २०१५ मा सिरियामा आफ्नो सेना पठाउदा उनकै नेतृत्वमा पठाएका थिए । डोर्निकोभको नेतृत्वमा सिरियाको पूर्वी अलेप्पोमा भएको रुसको आक्रमणमा ठुलो मात्रामा आम मानिस हताहत भएको बताइएको थियो । उनले सेप्टेम्बर २०१५ देखि जुन २०१६ सम्म सिरियामा रुसी सेनाको नेतृत्व गरेका थिए ।

अहिले पुटिनले आफ्नो सोहि आक्रामक रणनितिलाई युक्रेनको पूर्वी भागमा अपनाउन थालेको बताएको छ । केहि दिन अघि युक्रेनको क्रामटोर्स्क रेल स्टेशनमा भएको आक्रमण डोर्निकोभकै निर्देशनमा भएको दाबि गरिएको छ । यस आक्रमणमा दुई बालबालिकासहित ५२ जनाको मृत्यु भएको थियो भने ८७ जनाभन्दा बढी घाइते भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *