राजनीति

स्थानीय निर्वाचनका लागी नेकपा एसको परिचालन कमिटी गठन (पूर्णपाठ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन परिचालनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ११ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय सचिवालयको शनिबार र आइतबार काठमाडौँमा बसेको बैठकले निर्वाचन तयारी सम्बन्धी विभिन्न निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र समयसीमा समेत तोकेको छ ।

बैठकले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।

बैठकले उम्मेदवार सिफारिसका लागि मापदण्ड तोकेर पठाएको छ । गठबन्धनले उम्मेदवार पाउने ठाउँमा नेकपा एसले उम्मेदवारी नदिने भएको छ ।

उम्मेदवार सिफारिसका लागि वडा कमिटीले चैत ३० गतेसम्म, पालिका कमिटीले वैशाख २ भित्र र जिल्लाले वैशाख ४ तथा प्रदेश कमिटीले वैशाख ६ गतेभित्र गरिसक्न सर्कुलर गरिएको छ । केन्द्रीय कमिटीले गर्नुपर्ने महानगर र उपमहानगरको टिकटको निर्णय वैशाख ८ गतेभित्र गरिसक्ने भएको छ ।

[pdfjs-viewer attachment_id=214294 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/Pressnote-2078.12.27-nekapa-s.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/Pressnote-2078.12.27-nekapa-s.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *