समाचार

ऋषि धमलाको स्पष्टीकरण काउन्सिललाई चित्त बुझेन, मौखिक बयानका लागि बोलायो

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ । लिखित स्पष्टीकरण चित्त नबुझेको भन्दै काउन्सिलले पत्रकार भमलालाई बयान दिन बोलाएको हो ।

चैत २० गते प्रधान मन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेपछि काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो । तर धमलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि भोलि मध्यान्न १२ बजे बयानका लागि बोलाइएको हो ।

धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन् । जनतालाई छिटो समाचार दिँदा गल्ती भएको उनको स्पष्टीकरणमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *