विश्व

अस्ट्रेलियामा मे २१ मा आम निर्वाचनको घोषणा

काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा आम निर्वाचन हुने घोषणा गरेका छन् । स्कट मोरिसन सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री छन् ।

मोरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिटहरू छन् र अष्ट्रेलियामा सरकार बनाउन कम्तीमा त्यो संख्या हुनु आवश्यक छ ।

अष्ट्रेलियामा सरकार परिवर्तन र विपक्षी लेबर पार्टी सत्तामा आउन सक्ने चुनावी सर्वेक्षणले देखाएको छ । तर, गत चुनावमा स्कट मोरिसनले सबै चुनावी मतपरिणाममा हारको डरका बाबजुद पनि चुनाव जितेका थिए ।

स्कट मोरिसनले गभर्नर जनरलसँग कुरा गरेपछि चुनावको घोषणा गरेका हुन् । हालैका दिनहरूमा प्रधानमन्त्री स्कट मोरिसनमाथि विभिन्न आरोप लागेपछि उनको लोकप्रियता घटेको बताइन्छ ।

पछिल्लो नौ संसदीय निर्वाचनमध्ये सातवटामा जित हासिल गरे पनि स्कट मोरिसनको पार्टीलाई आगामी चुनाव जित्न गाह्रो हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *