समाचार

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा बृद्धाको मृत्यु

काठमाडौं । तनँहुको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् ।

हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा पछाडि सवार उनी घाइते भएकी थिइन् । उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पु-याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *