विश्व

यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आग्रह

साना । संयुक्त राष्ट्रसंघले यमनमा युद्धविरामका लागि आग्रह गरेको छ ।यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रहगरेका हुन् ।यसअघि पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गरेका थिए ।

यमनमा मारिबमा पछिल्लो समयमा हिंसा सुरु भएको छ । त्यसैले उक्त क्षेत्रमा हिंसा मच्चाइरहेका समूहहरुलाई द्धन्द्ध त्यागेर शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न विशेष दूत ह्यान्सले अपिल गरे ।

यमनमा दक्षिण मारिब प्रान्तको एक जिल्लामा बिहीबार र शुक्रबार भीषण द्धन्द्ध भएको थियो । त्यसमा परेर कैयौँ मानिसको ज्यान गएको थियो ।

सो हिंसालाई त्याग्न र युद्धविराम गरेर शान्तिपूर्ण माध्यमबाट हरेक समस्याको समाधान खोज्न पनि यस अवसरमा आग्रह गरिएको थियो ।

यसअघि पनि महासचिव गुटर्रेसले केही महिना अघि मात्र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका थिए ।

संयुक्त राष्ट्रसंघले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा काम गर्नुपर्ने बताएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *