गण्डकी प्रदेश

गण्डकीको हिउँदे अधिवेशन अन्त्य

पोखरा।गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुने भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्यको आह्वान गरेको हो ।

सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको संसद बैठकमा अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका हुन् । यो विधेयक अधिवेशन गत २७ फागुनमा सुरु भएको थियो । हिउँदे अधिवेशनमा ८ वटा बैठक बसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *