खेलकुद

पलेशा र सिर्जनाले एसियन पारा गेम्स खेल्ने निश्चित

काठमाडौं । चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्समा नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र सिर्जना घिसिङले खेल्ने निश्चित भएकाे छ । खेल सन् २०२२ अक्टोबर ९ देखि १५ तारिखसम्म हुनेछ ।

विश्व तेक्वान्दो महासंघको पत्र अनुसार पलेशागोवर्धन विश्वको नवाैँ रङ्किङ र सिर्जना घिसिङ विश्वको १०औं रङ्किङ बरियतामा रहेकोले वाइल्डमार्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाए ।

पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जना घिसिङले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठूलो आशा रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *