खेलकुद

नेपाली सेनाका ढकाल ‘वेस्ट रेफ्री’ घोषित

काठमाडौँ । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेस्ट निर्णायक घोषित भएका छन् ।

यही चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उनले वेस्ट रेफ्री बन्न सफल भएका हुन् ।

विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए।

निर्णायक (रेफ्री) मध्ये उनी उत्कृष्ट घोषित हुन सफल भएका थिए। यसअघि बेल्जियम, फ्रान्स र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *