विश्व

पाकिस्तान संकटबारे बोल्यो चीन

काठमाडौं । पाकिस्तानमा जारी राजनीतिक संकटका बीच चीनले प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रीय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ ।

पाकिस्तानको वर्तमान स्थितिबारे सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यस्तो बताएका हुन् ।

उनले चीनले अर्को देशको घरेलु मामलामा दख्खल दिने सिद्धान्तको पालना गर्ने जनाएको छ । चीन र पाकिस्तानला२ सामरिक सहयोगी देश बताउँदै लिजियानले चीन पाकिस्तानको सम्बन्ध अटूट रहने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *