काठमाडौं । मुम्बई इन्डियन्स कोलकता नाइट राइडर्ससँग ५ विकेटले पराजित भएको छ । मुम्बईले जारी आइपिएलमा लगातारले तेस्रो हार व्यहोरेको हो ।
आज भएको खेलमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकताले ५ विकेटको क्षतिमा १६ ओभरमै पुरा गरेको हो ।
कोलकताका लागि पट कमिन्सले उत्कृष्ट प्रदर्शन गरे । उनले १५ बलमा ५६ रन बनाए । उनले एक ओभरमै ३५ रन बनाए । ४ खेल खेलेको कोलकता ३ जीतसहित तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित भएको मुम्बई भने तालिकाको पुछारमा पुगेको छ ।




