समाचार

पल शाहलाई जेल चलान गर्न नवलपुर जिल्ला अदालतको आदेश

काठमाडौं । अभिनतो पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ ।

जिल्ला अदालत नवलपुरले नाबालिग बलात्कारको आरोपित अभिनेता शाहलाई पुर्पक्षका तनहुँ कारागार नै पठाउन आदेश दिएको हो ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले आगामी वैशाख ७ गते वकपत्रका लागि आरोपित शाह, पीडित पक्षसहित साक्षीहरूलाई बोलाउने आदेश समेत दिएको छ ।

यसअघि जिल्ला अदालत तनहुँबाट भने अभियुक्त शाहलाई थुनछेक बहस सकाएर गत १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भइसकेको छ । तनहुँ अदालतको आदेशविरुद्ध शाह चैत १५ गते मंगलबार उच्च अदालत पोखरा पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *