खेलकुद

‘बी’ डिभिजन लिग क्लब बाँसबारीलाई सिद्धार्थ बैंकको साथ

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब बाँसबारीलाई सिद्धार्थ बैंकले प्रायोजन गरेको छ ।

‘बी’ लिग खेलिरहेको बाँसबारीले बुधबार सह-प्रायोजन सम्झौतामा बैंकसँग हस्ताक्षर गरेको छ ।

क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे । चार लाख रुपैयाँको प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।

बाँसबारीको मुख्य प्रायोजक अराउन्ड द हिमालयज प्रालि रहेको छ । क्लबले अराउन्ड द हिमालयजसँग १० लाख रुपियाको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो ।

यस्तै क्लबको सहप्रायोजक चोयु ट्रेकिङ प्रा.लि., हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रा.लि. रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *