समाचार

नेपालमा थप १३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ३ हजार ३५८ पिसिआर परीक्षणका क्रममा १० जना र १ हजार ४४९ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप ५७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८२२ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७६५ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *