विश्व

भारत नियन्त्रित कश्मीरमा २ आतङ्ककारीको मृत्यु

रिनगर, भारत (काश्मिर) । भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ ।

भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ।

विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

अधिकारीहरूका अनुसार सरकारी सेनाले विशेष गुप्तचर सूचनाका आधारमा क्षेत्रलाई घेराबन्दी गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *