समाचार

राखेप फर्किए घिसिङ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवमा टङ्कलाल घिसिङ जिम्मेवारीमा फर्केका छन् ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालीन राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । तर उक्त नियुक्ति खारेजीको माग गर्दै सिलवाल सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्चले हिजो (मंगलबार) सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *