काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका सेना प्रमुख कमार जावेद बाजवासँग भेटवार्ता गरेका छन् ।
पाकिस्तानी सेनाको मुख्यालयमा भएको भेटवार्तामा नेपाल र पाकिस्तान सम्बन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको बतायएको छ ।
प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत पाउन नसक्ने अबस्था देखिएपछि भंग भएको संसद पुर्नस्थापना भएको पाकिस्तानमा राजनीतिक संकट गहिरिदै गएको छ ।




