समाचार

प्रेस काउन्सिलले सोध्यो ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र गलत हर्कत गरेको विषयमा पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले स्पष्टीकरण सोधेको छ ।

कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफती प्रवेश गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको हो ।

शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमलाले जोरजुलुम गरेका थिए । उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *