समाचार

धनुषामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

धनुषा । धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान जिपको ठक्कटरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राई रहेका छन् ।  

काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान साढे ८ बजे ठक्कर दिएको थियो । 

ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषाको नियन्त्रणमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *