काठमाडौँ । आगामी नोभेम्बरमा कतार फिफा विश्वकप फुटबल हुदै छ । विश्वकपको समुह बिभाजन भएपछि अब विश्वकपमा खेल्ने स्टार फुटबलरको बारे अनेकौ चर्चा हुदै छ । यसै प्रसंगमा कतार विश्वकप केहि स्टार फुटबलरको अन्तिम विश्वकप हुनसक्ने अनुमान गरिएको छ । औपचारिक रुपमा यी खेलाडीहरुले यस विश्वकपलाई आफ्नो अन्तिम विश्वकप नभने पनि उमेर र फिटनेसका कारण यस विश्वकप अन्तिम विश्वकप हुनसक्ने २० स्टार खेलाडीको सुची यस रिपोर्टमा उल्लेख गरिएको छ ।
डेढ दशकसम्म विश्व फुटबलमा राज गरिरहेका क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसिले आफ्नो पाँचौ विश्वकप खेल्दैछन् । कतार विश्वकपमा स्टार खेलाडीहरु रोनाल्डो, मेसीसहित रोबेर्ट लेवानडोस्की, लुका मोड्रीच लगायतका खेलाडीहरु कतार विश्वकप खेल्दै छन् भने मोहमद सलाह, एर्लिंग हल्याण्ड, रियाद महरेज, जलाटन इब्राहिमोविच लगायतका खेलाडी भने विश्वकपमा देखिने छैनन् ।
विश्व फुटबलका अल टाइम उत्कृष्ट खेलाडी मानिएका रोनाल्डो र मेसीले २००६ मा विश्वकप फुटबलमा डेभ्यु गरेका थिए भने अब कतार विश्वकप उनीहरुको पाँचौं विश्वकप हुने छ । दुवै खेलाडीले विश्वकपको उपाधि जित्न भने अहिलेसम्म असफल भएका छन् । मेसीको टिम अर्जेन्टिना २०१४ मा फाइनलसम्म पुगेर पराजित भएको थियो भने रोनाल्डो सम्मिलित पोर्चुगल २००६ मा सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।
कतार विश्वकप अन्तिम विश्वकप हुनसक्ने २० खेलाडी:
लियोनेल मेसी-फरवार्ड
देश: अर्जेन्टिना
विश्व कप डेब्यू: २००६
उमेर: ३४
क्रिस्टियानो रोनाल्डो- फरवार्ड
देश: पोर्चुगल
विश्व कप डेब्यू: २००६
उमेर: ३७
रोबर्ट लेवान्डोस्की- फरवार्ड
देश: पोल्याण्ड
विश्व कप डेब्यू: २०१८
उमेर: ३३
लुइस स्वरेज- फरवार्ड
देश: उरुग्वे
विश्व कप डेब्यू: २०१०
उमेर: ३५
एडिसन कभानी- फरवार्ड
देश: उरुग्वे
विश्व कप डेब्यू: २०१०
उमेर: ३५
लुका मोड्रिच- मिडफिल्डर
देश: क्रोएसिया
विश्व कप डेब्यू: २००६
उमेर: ३६
म्यानुअल नेउर- गोलकिपर
देश: जर्मनी
विश्व कप डेब्यू: २०१०
उमेर: ३६
थोमस मुलर- फरवार्ड
देश: जर्मनी
विश्व कप डेब्यू: २०१०
उमेर: ३२
डानी आल्भेज- राइट ब्याक
देश: ब्राजिल
विश्व कप डेब्यू: २०१०
उमेर: ३८
थियागो सिल्भा- डिफेन्डर
देश: ब्राजिल
विश्व कप डेब्यू: २०१०
उमेर: ३७
इडेन हजार्ड- विंगर
देश: बेल्जियम
विश्व कप डेब्यू: २०१०
उमेर: ३१
जोर्डी अल्बा- लेफ्ट ब्याक
देश: स्पेन
विश्व कप डेब्यू: २०१४
उमेर: ३३
ह्युगो लोरिस- गोलकिपर
देश: फ्रान्स
विश्व कप डेब्यू: २०१०
उमेर: ३५
ओलिभर जिराउड- फरवार्ड
देश: फ्रान्स
विश्व कप डेब्यू: २०१४
उमेर: ३५
सर्जियो बुस्केट्स- मिडफिल्डर
देश: स्पेन
विश्व कप डेब्यू: २०१०
उमेर: ३३
एन्जल डि मारिया- विंगर
देश: अर्जेन्टिना
विश्व कप डेब्यू: २०१०
उमेर: ३३
पेपे- डिफेन्डर
देश: २०१०
विश्वकप डेब्यू: पोर्चुगल
उमेर: ३९
माटस हुमेल्स- डिफेन्डर
देश: २०१४
विश्वकप डेब्यू: जर्मनी
उमेर: ३३
डिएगो गोडिन- डिफेन्डर
देश: उरुग्वे
विश्व कप डेब्यू: २०१०
उमेर: ३६
माया योशिदा- डिफेन्डर
देश: जापान
विश्व कप डेब्यू: २०१४
उमेर: ३३




