काठमाडौँ । एएफसी कप–२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले आज (मंगलबार) श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।
ए डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौँ चरणमै शीर्ष स्थानमा रहँदै प्लेअफ खेल्न पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने भएको हो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे सुरु हुने छ । खेलअघि कन्सर्ट हुने आयोजकले जनाएको छ ।
यस खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्ने छ । यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ ।
खेलको टिकट दर भिआइपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय राखिएको छ ।




