समाचार

झापामा ट्याङ्करमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु 

काठमाडौं । झापाको गौरादह नगरपालिका–१ मा शनिबार बेलुकी रोकिराखेको ट्याङ्करमा मोटरसाइकल ठोकिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक झापाकै गौरादह नगरपालिका–९ का ३६ वर्षीय राम सोरेन रहेका छन् । 

बिग्रीएर सडक छेउमा रोकिराखेको को १ ख २४७९ नम्बरको ट्याङ्करमा सोरेनले चलाएको मे २ प ३९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर  ठोकिएको थियो । 

हिजो बेलुकी सवा ७ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । 

ट्याङकर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *