टोकियो । जापानले विदेशबाट आउने दैनिक पर्यटकहरूको सङ्ख्यामा वृद्धि गर्ने तयारी गरेको छ ।
कोरोनाभाइरसको महामारी कम हुँदै गएको र प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो बनाइएकोले पर्यटकहरूको सङ्ख्या बढाउने तयारी गरिएको अधिकारीहरूले जनाएका छन् । अहिले दैनिक सात हजार पर्यटकहरू आउने गरेकोमा अव दैनिक दश हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको उनीहरूको भनाई छ ।
विदेशी पर्यटकहरूको सङ्ख्या बढाउनका लागि अपनाउनु पर्ने उपायहरू पनि अपनाइने अधिकारीहरूले जानकारी दिएका छन् ।




