काठमाडौं । आइपिएलअन्तर्गत आजको खेलमा कोलकता नाइट राइडर्स विजयी भएको छ ।
पञ्जाव सुपर किङग्सलाई ६ विकेटले पराजित गर्दै कोलकताले जारी आइपिएलमा दोस्रो जीत निकालेको हो । जितसँगै कोलकता तालिकाको शिर्ष स्थानमा पुगेको छ ।
पञ्जावले दिएको १३८ रनको लक्ष्य कोलकताले ३३ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटाएको हो । कोलकताका लागि आन्द्रे रसेलले नटआउट ७० रन बनाए भने साम विलिङ्सले नटआउट २४ रन बनाए । कप्तान श्रेयस आयरले २६ रन बनाए ।
त्यसअघि पञ्जावका लागि कप्तान मयंक अग्रवाल एक रनमा आउट हुँदा भानुका राजापाक्षले सर्वाधिक ३१ रन बनाए । कागिसो रवाडाले २५ रन बनाए ।




