खेलकुद

मलेसियामाथि पपुवा न्युगिनीको ८ विकेटको जित

काठमाडौँ । त्रिकोणीय सिरिज अन्तर्गत पपुवा न्युगिनीले मलेसियालाई ८ विकेटले पराजति गरेको छ ।

मलेसियाले दिएको १९७ रनको लक्ष्य पछाएको पपुवा न्युगिनीले १७.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।

यो जितपछि पपुवा न्युगिनीको ४ खेलमा २ अंक भएको छ भने मलेसियाको ३ खेलमा २ अंक रहेको छ । रनरेटका आधारमा पपुवा न्युगिनी दोस्रो स्थानमा छ भने मलेसिया तेस्रो स्थानमा छ ।

त्यस्तै नेपाल भने आफ्ना तिनै खेल जितेर अंकसहित फाइनलमा पुगिसकेको छ ।

अब नेपालले मलेसियासँग शनिबार खेल्ने छ । सो खेलपछि फाइनलमा नेपालसँग खेल्ने दोस्रो टिमको टुंगो लाग्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *