खेलकुद

कतार विश्वकपको समुह बिभाजन आज, कसरी हुदै छ ?

काठमाडौँ । कतारमा यस बर्ष हुने फिफा विश्वकप फुटबलमा अहिलेसम्म आयोजकसहित २९ देशको टुंगो लागेको छ । ३२ देशले भाग लिने विश्वकपमा बाँकि ३ देशको टुंगो आगामी जुनमा मात्र लाग्ने छ ।

विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, ईङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।

अब बाँकी तीन देश प्लेअफ खेलबाट छानिने छन् । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ ।

त्यस्तै दक्षिण अमेरिकी देश पेरुले एशियाको युएई र अस्ट्रेलियाबीचको विजेतासँग इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने फिफाले जनाएको छ ।

त्यसैगरि उत्तर अमेरिकी क्षेत्रबाट कोष्टा रिकाले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने भएको छ । कोष्टा रिकाले ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्डसँग प्लेअफ खेल्ने भएको छ ।

अब कतार विश्वकपको समुहको ड्र शुक्रबार हुने फिफाले जनाएको छ । समुह चरणको ड्र का लागि छनौट भएका देशको मार्च ३१ सम्मको वरियता अनुसार विभिन्न पटमा राखेर समुह विभाजन गरिने फिफाले जनाएको छ ।

जसमा आयोजक कतारलाई पट १ मा राखिने भएको छ । त्यस्तै अन्य शिर्ष वरियताका ७ देश पट १ मा हुने छन् ।

त्यसै गरी फिफा वरियतामा ८-१५ स्थानमा रहेका देशहरूलाई पट २ मा राखिने छ भने १६-२३ स्थानमा रहेका देशलाई पट ३ मा राखिनेछ । त्यस्तै अन्तिम पट ४ मा २४-२८ नम्बरमा रहेका टोलीहरू समावेश हुनेछन् । भने अन्तरमहादेशीय प्ले-अफका दुई विजेता र युरोपको प्ले-अफका बाँकी विजेता पट चारमा हुने छन् ।

पट- १ मा: कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इंग्ल्याण्ड, स्पेन र पोर्चुगल ।
पट- २: मेक्सिको, नेदरल्याण्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे, स्विट्जरल्याण्ड, अमेरिका र क्रोएसिया ।
पट- ३: सेनेगल, इरान, जापान, मोरक्को, सर्बिया, पोल्याण्ड, दक्षिण कोरिया र ट्युनिसिया ।
पट- ४: क्यामरुन, क्यानाडा, इक्वेडर, साउदी अरेबिया, घाना, युक्रेन/स्कटल्याण्ड/वेल्स, अष्ट्रेलिया/संयुक्त अरब इमिरेट्स/पेरु, न्यूजील्याण्ड/कोस्टारिका ।

कतार विश्वकपको ढाँचा: ३२ देशलाई ४-४ देशको आठ समूहमा बिभाजन गरिने छ । जसले एक अर्काविरुद्ध एक एक खेल खेल्ने छन् । त्यसपछि प्रत्येक समूहबाट शीर्ष दुई देश राउन्ड १६ मा पुग्नेछन् । विश्वकपमा फाइनलको अघिल्लो दिन, सेमिफाइनलमा हार्ने दुई टोलीबीच तेस्रो र चौथो स्थानको खेल खेलिन्छ ।

विश्वकपका खेलहरु:

  • समूह चरण: नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म
  • राउण्ड १६ : डिसेम्बर ३ देखि डिसेम्बर ६ सम्म
  • क्वाटरफाइनल: डिसेम्बर ९ र १०
  • सेमिफाइनल: डिसेम्बर १३ र १४
  • तेस्रो र चौथो स्थान: डिसेम्बर १७
  • फाइनल: डिसेम्बर १८

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *