काठमाडौं । आइपिएलअन्तर्गत आजको खेलमा लखनउ सुपर जायन्टस विजयी भएको छ ।
चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले पराजित गर्दै लखनउ विजयी भएको हो । चेन्नईले दिएको २११ रनको लक्ष्य लखनउले ३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पुरा गरेको हो ।
लखनउका लागि एभिन लेविसले नटआउट ५५ रन बनाए । क्विन्टन डि ककले ६१ रन बनाउँदा कप्तान केएल राहुलले ४० रन बनाए ।
चेन्नइका लागि भने रोबिन उथप्पाले ५० रन बनाउँदा शिवम दुबे ४९ रनमा आउट भए ।




