खेलकुद

अष्ट्रेलिया र इङल्याण्ड महिला विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौँ । न्यूजिल्याण्डमा जारी महिला विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाले इङल्याण्डको सामना गर्ने भएको छ ।

विहिबार भएको दोस्रो सेमिफाइनलमा इङल्याण्डले दक्षिण अफ्रिकाको महिला टोलीलाई १३७ रनको फराकिलो अन्तरले हराउदै फाइनलमा पुगेपछि अब उपाधिकालाई अस्ट्रेलियासँग खेल्ने भएको हो ।

इङल्याण्डले दक्षिण अफ्रिकालाई जितका लागि २९४ रनको लक्ष्य दिएको थियो, जवाफमा दक्षिण अफ्रिकाको महिला टोली १५६ रन बनाएर आउट भएको थियो ।

अब फाइनल खेल आगामी आइतबार इङल्याण्ड र अष्ट्रेलियाबीच हुनेछ ।

अस्ट्रेलियाले यसअघि वेस्टइन्डिजको महिला टिमलाई १५७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अस्ट्रेलियाले अहिलेसम्म ६ पटक महिला क्रिकेट विश्वकप जितेको छ भने इङल्याण्डले चार पटक जितेको छ । इङल्याण्ड क्रिकेट विश्वकपको डिफेन्डिङ च्याम्पियन पनि हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *