खेलकुद

नेपालले पपुवा न्युगिनीलाई दियो २०४ रनको लक्ष्य

काठमाडौँ । नेपालले पपुवा न्यूगिनीलाई २०४ रनको लक्ष्य दिएको छ । त्रिकोणीय टी-२० सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २०३ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्बाधिक ६६ रन बनाएका छन् । दिपेन्द्रले ३३ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै नेपालका लागि रोहित पौडेलले ४१ रन बनाए भने आसिफ सेखले ३८ रन बनाएका थिए ।

त्यस्तै कुशल भुर्तेल १७ रन बनाएर आउट भए भने आफ्नो डेभ्यु खेल खेलेका आदिल अन्सारीले ३१ रन बनाएका थिए । आदीलले ११ बलमा एक चौका र ३ छक्का प्रहार गरेर ३१ रन बनाएका थिए ।

त्यस्तै पपुवा न्युगिनीका बलर कबुआ मोरियाले ३ विकेट लिए भने रिले हेकुरे २ विकेट तथा नोरमान भानुवा र नोसैना पोकनाले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *