विश्व

भारतमा ब्रोडब्यान्ड केबल बिछ्याउँने क्रममा ढलमा फसेर ४ जनाको मृत्यु   

सिन्ह्वा। भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन्।

ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए ।

दुर्घटना मङ्गलबार साँझ भएको थियो भने उद्धार कार्य रातभर जारी रहेको थियो ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *