खेलकुद

ब्राजिलले सानदार जित निकाल्दा अर्जेन्टिना रोकियो

काठमाडौँ । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित हात पारेको छ । गएराति भएको खेलमा ब्राजिलले बोलिभियालाई ४-० ले पराजित गरेको हो ।

बोलिभियालाई उसकै मैदान स्तब्ध पार्न ब्राजिलका रिचार्लीसनले दुई गोल तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एकएक गोल गरे । जितसँगै शीर्षस्थानमा रहेको अपराजित ब्राजिलले १७ खेलबाट ४५ अंक जोडेको । बोलिभिया भने १८ खेलबाट १५ अंकसहित नवौं स्थानमा छ ।

त्यस्तै, विश्वकप छनोटमा अपराजित नै रहेको अर्जेन्टिना भने बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले सुरुवाती अग्रता जोगाउन नसक्दा इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले गरे भने इक्वेडरबाट इनर भ्यालेन्सियाले गोल फर्काए ।

अर्जेन्टिना १७ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा रहँदा इक्वेडर भने १८ खेलबाट २६ अंकसहित छनोट अंकतालिकाको चौथो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *