खेलकुद

आइसीसीको एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल झर्यो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) एकदिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ ।

आईसीसीले मंगलबार जारी गरेको नयाँ वरियतामा दुई स्थान तल झर्दै नेपाल १८औं स्थानमा रहेको छ । यसअघि नेपाल १६औं स्थानमा रहेको थियो ।

नेपालले पछिल्ला एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा राम्रो प्रदर्शन नगरेका कारण वरियता घटेको हो ।

नेपालले हालै युएईमा आईसीसी क्रिकेट विश्वकप लिग-२ मा चार मध्ये दुई खेलमा जित र दुईमा हारको नतिजा निकालेको थियो ।

यस्तै घरेलु मैदानमा पपुवा न्यूगिनी विरुद्धको भएको दुई खेलको एकदिवसीय श्रृंखला नेपालले गुमाएको थियो । नेपालपछि अमेरिका र पपुवा न्युगिनी रहेका छन् । त्यस्तै युएई १५औं स्थानमा रहेको छ भने ओमान १६ र नामिबिया १७औं स्थानमा रहेको छ ।

एकदिवसीय वरीयतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ । त्यस्तै भारत चौथो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *