विश्व

ह्वाईट हाउस प्रवक्ता कोरोनाभाइरसबाट सङ्क्रमित

वासिङ्टन । ह्वाईट हाउसका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकी छन् ।

उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

उनले आफूलाई सङ्क्रमण भएको पुष्टि भएपनि स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारेकी छन् ।

‘मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,’ सामाजिक सञ्जालमा उनले लेखेकी छन् ।

राष्ट्रपति कार्यालयको यस सम्बन्धी नियम अनुसार आफूले कम्तीमा पाँच दिन घरमै आइसोलेसनमा बसेर काम गर्ने पनि उनले स्पष्ट पारेकी छन् ।

४४ वर्षिया पिएर्रे यसअघि केही महिना अगाडि पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *