खेलकुद

नेपाल टस हारेर ब्याटिङमा, रोहित पौडेल पनि समेटिए

काठमाडौँ । नेपालले टि२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा आज पपुवा न्युगिनी (पिएनजी)को सामना गर्दैछ । टियु मैदानमा पिएनजीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको छ ।

आजको खेलमा युवा स्टार ब्याटर रोहित पौडेल पनि समेटिएका छन् । यसअघि रोहित ओडिआई टोलीमा मात्र थिए । पिएनजीविरुद्धकै ओडिआईमा सानदार प्रदर्शन गरेपछि उनलाई टि२० टोलीमा पनि राखिएको हो ।

नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहितकुमार पौडेल ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *