समाचार

चिनियाँ विदेशमन्त्रीको भ्रमण कति सफल ?

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्नुका मुख्य दुई उद्देश्य थिए । पहिलो, पछिल्लो समयको भूराजनीतिक परिवेशमा एकले अर्कोलाई बुझ्ने र दुई पक्षबीचमा विश्वासको वातावरण निर्माण गर्ने । दोस्रो, चीनकै महत्त्वाकांक्षी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई नेपालमा थप अघि बढाउने ।

भ्रमणले आपसी सम्बन्ध सुधारको आधार तयार गरे पनि बीआरआईसम्बन्धी परियोजना अघि बढाउने विषयमा कुनै प्रगति भएन । चिनियाँ विदेशमन्त्री वाङ केरुङ–काठमाडौं रेलवेको विस्तृत अध्ययन, घाँस निर्यात, चीनबाट खोप अनुदान, आर्थिक विकासमा अनुदान जस्ता विषयमा समझदारीरसम्झौता गरेर आइतबार फर्किएका छन् ।

परराष्ट्र स्रोतका अनुसार मन्त्री वाङको भ्रमणपूर्व चीनले नेपालमा बीआरआईका पूर्वाधार निर्माणका लागि ‘बीआरआई कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गर्न पत्राचार गरेको थियो । त्यसलाई नेपाल सरकारले थप अध्ययन गर्नुपर्ने भन्दै थाती राखिदिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्का दुवैले सम्झौतापूर्व बीआरआईको अनुदान र ऋणमा स्पष्ट हुनुपर्ने सन्देश मन्त्री वाङलाई दिएका छन् ।

‘बीआरआईमा नेपालले गरेको सम्झौतामा के छ भन्ने जानकारी लिन आवश्यक छ । हामीले बीआरआई सम्झौता पढ्न पाएका छैनौं,’ देउवाका पूर्वपरराष्ट्र मामिला सल्लाहकार एवं कूटनीतिज्ञ दिनेश भट्टराईले भने, ‘चीन हाम्रो असल मित्र हो । हामीलाई धेरै गुन लगाएको छ । तर कुनै पनि सम्झौता गर्नुअघि हामीले भविष्य हेरेर गृहकार्य गर्न आवश्यक छ । अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा छैन ।’,

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *