काठमाडौं । आइपिएलअन्तर्गत आज भएको दोस्रो खेलमा रोयल च्यालेञ्जर्स वैगलोर पराजित भएको छ ।
बैगलोरलाई पञ्जाव किङ्सले ५ विकेटले पराजित गरेको हो । बैगलोरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जावले १९ ओभरमा ५ विकेट गुमाएर भेटाएको हो ।
पञ्जावका लागि कप्तान मयंक अग्रवालले ३२ रन बनाए । शिखर धवन र भानुका राजापाक्षेले समान ४३ रनको योगदान गरे ।
यता २०५ रनको बिशाल लक्ष्य बनाउन बैगलोरका कप्तान फाफ डु प्लेसिसले ८८ रन बनाए । विराट कोहलीले ४१ रन बनाउँदा दिनेश कार्तिकले ३२ रन बनाए ।




