राजनीति

सांसद साहलाई आक्रमण गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं। जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य प्रमोद साहमाथि आक्रमण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सर्लाहीका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंका अनुसार सांसद साहमाथि आक्रमण गरेको आरोपमा सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलबासका दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने गोप्य राखिएको छ ।

शनिबार बिहान सडक विस्तारको क्रममा परेको फुलजोर युवा क्लबको घर राख्ने की सार्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडपका क्रममा सांसद साहमाथि आक्रमण भएको थियो।

]जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य प्रमोद साहमाथि आक्रमण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सर्लाहीका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंका अनुसार सांसद साहमाथि आक्रमण गरेको आरोपमा सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलबासका दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने गोप्य राखिएको छ ।

शनिबार बिहान सडक विस्तारको क्रममा परेको फुलजोर युवा क्लबको घर राख्ने की सार्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडपका क्रममा सांसद साहमाथि आक्रमण भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *