काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एयर फोर्स वनमा बेलारूसी विपक्षी नेता स्विटलाना सिखानुस्कायासँग वार्ता गर्दै मानव अधिकारको रक्षा र सम्वर्धनमा बेलारूसी जनताको पक्षमा रहेको बताएका छन् ।
‘राष्ट्रपति जोसेफ आर. बाइडेन जुनियरले बेलारुसका प्रजातान्त्रिक विपक्षी नेतासँग एयर फोर्स वनमा कुरा गर्नुभयो । उहाँले आज राति वार्सामा आफ्नो सम्बोधनमा उपस्थित भएकोमा उहाँलाई धन्यवाद समेत दिनुभयो । राष्ट्रपतिले बेलारूसी जनताको पक्षमा संयुक्त राज्य अमेरिकाको निरन्तर समर्थनलाई जोड दिनुभएको छ । अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष निर्वाचन लगायत मानव अधिकारको रक्षा र प्रवर्द्धनमा अमेरिकाले निरन्तर सहयोग गर्ने’, ह्वाइट हाउसको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।




