राजनीति

निर्वाचन आयोगले सत्ता पक्षको फाइदाका लागि मतपत्रको रङ बदल्यो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र हरियो बनाउने आयोगको निणर्य स्वीकार्न नसकिने बताएका छन् ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्र हरियो बनाउने कुरा कुनै एक दलको फाइदाका लागि मात्रै भएको बताए ।

‘काँग्रेसको निर्वाचन चिन्हसँग मिल्दोजुल्दो निर्वाचन मतपत्र चिन्हको रङ बदल्नै पर्छ । यसलाई एमालेले स्वीकार्न सक्दैन’, अध्यक्ष ओलीले भने, ‘आयोगको यस प्रकारका क्रियाकलापप्रति आपत्ति जनाउनु पर्छ ।’ उनले सत्तापक्षको फाइदाका लागि आयोग त्रुटी सच्याउन किन चाहँदैन ? भन्दै प्रश्न समेत गरे । साथै उनले उम्मेदवारको मनोनयन दिने दुई दिने समय पनि गलत रहेको ओलीको भनाइ छ ।
चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्ताबारे ओलीको ब्रिफिङ
एमालेको प्रथम स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफू र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे जानकारी गराएका छन् ।

वाङसँगको भेटवार्तामा अध्यक्ष ओलीले आफूले नेपालको सरोकारका विषयमा खुलेर छलफल भएको भन्दै त्यसक्रममा विदेशमन्त्री वाङले पनि नेपालको विकासको साझेदारको रुपमा भूमिका खेल्ने चिनियाँ सरकारको नीति रहेको जानकारी गराएको बताए । एमाले स्थायी कमिटीमा ४५ जना सदस्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *