सुनसरी । नेकपा एमालेका सकृय युवा नेता अर्जुन बस्नेतले एमालेको संगठित सदस्य त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धरान ६ घोपाली टोलका उनले एमालेले जनतालाई ढांट्ने र छल्ने मात्रगर्ने गरेको भन्दै पार्टीप्रति वितृष्णा जागेर नेपाली कांग्रेसबारे राम्ररी बुझेर प्रवेश गर्ने मनस्थिति बनाइरहेको अवस्थामा नेपाली कांग्रेस ६ नं. वडामा पार्टीको सशक्तिकरण तथा सुदृढिकरण अभियान र प्रशिक्षण कार्यक्रमको अवसरमा प्रवेश गर्न आएको बताए । उनलाई नेपाली कांग्रेसका क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले खदा र अविर लगाई पार्टी प्रवेश गराउंदै स्वागत गरेका थिए ।
सो अवसरमा जिल्ला सदस्य विन्दु राई, क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी, प्रदेशसभा निर्वाचन क्षेत्र समिति १(१) का उपसभापति झुमादेवी राई, क्षेत्रीय सदस्यद्धय शुक्रराज राई र रिताखनाल, निवर्तमान क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई, नगर सदस्यद्धय रुपेश भट्टराई र राम विष्ट, सल्लाहकारहरु कर्णवहादुर कार्की, पर्शुराम केसी, चन्द्र काफ्ले, वडा सभापति पदम पौडेल लगायतको उपस्थिति रहेको थियो ।




