खेलकुद

नेपाल र थाइल्याण्डको चोनबरी भिड्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीका लागि थाइल्याण्डको टोलीसँग खेल्न लागेको हो ।

नेपालले यसअघि थाइल्याण्डसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा नेपाल २–० ले गोलअन्तरले पराजित भएको थियो । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा कुबेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहका छनोट खेल कुबेतमा आयोजना हुनेछ । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *