काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
आइतबार अपरान्ह अध्यक्ष प्रचण्ड चिनियाँ विदेशमन्त्री यीलाई भेट्न नक्शालस्थित होटल मेरियटमा पुगेका हुन् । हाल उनीहरुबीच नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल जारी छ । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओलीसँगको भेटवार्ता सकिएसँगै चिनियाँ विदेशमन्त्री यीले अध्यक्ष प्रचण्डसँग भेटेका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । उनले शनिबार साँझै बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् ।




