काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार ललितपुरमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने भन्दै निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले निर्वाचनको आवश्यक पूर्वतयारी गरिरहेको पनि जानकारी दिए । त्यस्तै, उनले स्थानीयहरुलाई नै विकास निर्माणको जिम्मेवारी दिँदा छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको भन्दै स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गरे ।
उनले ललितपुर महानगरले सम्पदा संरक्षणमा खेलेको भूमिकाको प्रसंसा गरे । २०७२ सालको भूकम्पले क्षति पुराएको भीमसेन मन्दिरको स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो ।




