काठमाडौँ । नेपाली युवा खेलाडी देव खनालले पपुवा न्युगिनीविरुद्ध आफ्नो अर्धशतक पुरा गरेका छन् ।
आफ्नो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका खनालले अर्धशतक बनाएका हुन् । १६ बर्षिय खनालले शुक्रबारको खेलमा डेभ्यु गरे पनि पहिलो खेलमा शुन्यमा आउट भएका थिए ।
उनले ७२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।
नेपालले शुरुवाती दुई विकेट सस्तैमा गुमाएपछि दबाबमा देवले अर्धशतक बनाएर नेपालको पारीलाई सम्हालेका छन् भने दिपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट ब्याटिंग गर्दै ४१ रन बनाएर खेलिरहेका छन् ।




