काठमाडौँ । दिपेन्द्र सिंह ऐरीले पपुवा न्युगिनीविरुद्ध आफ्नो अर्धशतक पुरा गरेका छन् ।
दिपेन्द्रको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा यो पहिलो अर्धशतक हो । दिपेन्द्रले १६ खेलमा आफ्नो पहिलो अर्धशतक बनाएका हुन् । दिपेन्द्रको यस अघि एकदिवसीय खेलमा उच्च रन ४० थियो ।
दिपेन्द्रले ८४ बल खेल्दै ३ चौका प्रहार गर्दै आफ्नो पहिलो एकदिवसीय अर्धशतक पुरा गरेका हुन् ।
यस अघि यस खेलमा आफ्नो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका देव खनालले अर्धशतक बनाएका थिए । खनालले शुक्रबारको खेलमा डेभ्यु गरे पनि पहिलो खेलमा शुन्यमा आउट भएका थिए ।
अहिले खनाल ६० रन बनाएर खेलिरहेका छन् ।




