काठमाडौं । फिफा विश्वकप २०२२ को अफ्रिकी छनोटअन्तर्गत शुक्रबार राति भएको तेस्रो चरणको पहिलो लेगको खेलमा इजिप्टले सेनेगलमाथि १-० गोल अन्तरको जित हात पारेको छ ।
खेलको चौथो मिनेटमा नै आत्मघाती गोलको सहयोगमा इजिप्टले अग्रता लिएको थियो । त्यसपछि खेलमा थप गोल हुन सकेन र इजिप्ट १-० विजयी भएको हो ।
घरेलु मैदानमा हात पारेको यो जितको नतिजालाई दोस्रो लेगको खेलमा पनि बचाइराख्न सकेको खण्डमा इजिप्ट विश्वकपमा पुग्नेछ । दोस्रो लेगको खेल मंगलबार सेनेगलमा हुनेछ ।
यसअघि अफ्रिका कप अफ नेसन्सको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा पेनाल्टी सुटआउटमा सेनेगलले बाजी मारेको थियो ।




