खेलकुद

१२६ रन बनाएर आउट भए रोहित

काठमाडौं। पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालका रोहित पौडेलले १ सय २६ रनको महत्वपूर्ण योगदान दिएका छन्।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा १ सय ७ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे। उनी नोरमान भानुको बलमा चार्लेस अमिनिबाट क्याच आउट भए।

रोहितले ९१ बलमा शतक पुरा गरेका हुन् । एक दिवसीयमा रोहितको यो पहिलो शतक हो।

रोहित नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी समेत बने। यसअघि सन् २०१९ मा पारस खड्काले युएईविरुद्ध तेस्रो खेलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *