काठमाडौं । युवा ब्याट्सम्यान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् ।
रोहितले ९१ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेर आफ्नो शतक पुरा गरेका हुन् ।पपुवा न्युगिनीविरुद्धको जारी खेलमा रोहितले शतक पुरा गर्दै पारस खड्कापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका हुन् ।
पुर्व कप्तान पारसले २०१९ को जनवरी २८ मा युएईविरुद्ध ११५ रन बनाएका थिए ।
रोहितले यसै खेलमा यसअघि ज्ञानेन्द्र मल्लको नेपालका लागि एकदिवसीय क्रिकेटमा ४८० रन बनाउदै सर्बाधिक रन बनाउने खेलाडीको रेकर्डलाई पनि तोडेका छन् । रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् नेपालका लागि मल्ल पछि पुर्व कप्तान पारस खड्काले ३१५ रन बनाएका छन् ।




